२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

नवलपरासी । विकास निमार्णका कामले तीब्रता पाएसँगै नागरिकमा संघीयताको अनुभूति बढेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले परासीमा आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि एवम् जनप्रतिनिधि बीचको अन्तरक्रियामा प्रमुख गुप्ताले सो कुरा बताएका हुन् ।

संघीयतासँगै बनेको संघ, प्रदेश र स्थानीय सरकारका कारण ग्रामिण क्षेत्रमा बिकासले गती लिएको उनले बताए । यसैबीच जिल्लाको सदरमुकाममै राम्रो र ठूलो सभाहल अभाव रहेको बताउँदै उनले त्यसका लागि सिटिहल निर्माणको योजना अघि सारिएको जानकारी गराए । यसैगरी नगर उप प्रमुख रम्भाकुवंरले रामग्राममा तीब्रताका साथ भएका विकास निर्माणका कार्यहरुलाई प्रभावकारी रुपमा अध्ययन अनुगमनलाई पनि प्राथमिकता दिइएको बइन् ।

नगरपालिकाको न्यायिक समितिले गरेका न्याय सम्पादनका कार्यहरुका बारेमा जानकारी गाउँदै उनले सार्वजनिक सुनुवाईगरी अहिलेसम्म एका कार्यहरु बारे सबै जनतालाई जानकारी गराउने गरिएको बताइन् । नेपाल पत्रकार महासंघ नवलपरासी शाखा अध्यक्ष हरि शर्माको अध्यक्षता र सचिव राजु रश्मीको संचालनमा भएको कार्यक्रममा रामग्राम नगरपालिकाका वडाध्यक्षहरुले आफ्नो वडाले गरेका कार्यहरुका वारेमाा जानकारी गराएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु