१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023


राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षमा ५४६ फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबारमात्रै प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका– ६ निवासी प्रेमबहादुर थापाको हत्या अभियोगमा अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा दुई महीनाको सजाय सुनाएपछि उनी फरार थिए ।

प्रहरीले छुट्टै टोली नै खटाएर फरार अभियुक्तलाई पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। । उनका अनुसार यो अवधिमा १०० जति अभियुक्तले अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् । भारतमा लुकेर बसेका केही व्यक्तिलाई नियन्त्रणमा लिनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीको बाँकेमा एक हजार यस्ता फरार अभियुक्त पक्राउ गर्ने योजना छ ।

पक्राउपर्ने फरार अभियुक्तमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपिट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाहलगायतका घटनामा संलग्न व्यक्ति रहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।फरार अभियुक्त पक्राउसँगै लागुऔषध, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणलाई पनि प्राथमिकताका साथ राखिएको प्रहरी उपरीक्षक रानाको भनाइ छ । भारतसँगको खुला सीमा जोडिएको हुँदा हुनसक्ने सीमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रणमा पनि प्रहरी सक्रियता रहेको रानाले जानकारी दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोक्का प्रतिनिधिसभा सदस्यको मञ्जु शर्मा अन्सारीले लिइन् शपथ