१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

पाँचथर । जिल्ला जडीबुटी सहकारी सङ्घ गठन गरिएको छ । यहाँ सक्रिय रहेका जडीबुटी सहकारीको फिदिममा भएको भेलाले पेम्बा शेर्पाको अध्यक्षतामा जिल्ला सङ्घ गठन गरेको हो ।

Advertisement

जिल्लामा क्रियाशील रहेका १३ जडीबुटी सहकारीको सहभागितामा सङ्घ गठन गरिएको हो । नवगठित सङ्घको उपाध्यक्षमा तेजबहादुर आङथुपो, सचिवमा डिल्लीप्रसाद मुखिया र कोषाध्यक्षमा स्मृति शेर्मा निर्वाचित भएका छन् । यस्तै सदस्यमा अनिल केरुङ, गुनेन्द्र सम्बाहाम्फे, अनिता इजम र चिरञ्जिवी आङ्देम्बे रहेका छन् । एक सदस्य मनोनयन गर्न बाँकी रहेको नवनिर्वाचित समितिले जनाएको छ ।

जडीबुटी सहकारी सङ्घ केन्द्रीय समितिका अध्यक्ष ईश्वरी पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला सङ्घ घोषणा गरिएको हो । उहाँले जडीबुटी सहकारीको संवद्र्धनमार्फत जडीबुटी उत्पादन वृद्धि गरी जडीबुटी उत्पादकको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए । जडीबुटी क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई सदुपयोग गर्न सङ्घले निरन्तर भूमिका खेल्ने उनको भनाइ थियो ।

सङ्घमा तीनचुले जडीबुटी सहकारी, तुम्बेवा जडीबुटी सहकारी, सेहोनाम्लाङ जडीबुटी सहकारी, दाजुभाइ जडीबुटी कृषि सहकारी, फाल्गुनन्द जडीबुटी कृषि सहकारी, कमलपोखरी जडीबुटी कृषि सहकारी, फक्ताङलुङ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी, तीनसिमाना जडीबुटी कृषि सहकारी, दोङसोच जडीबुटी कृषि सहकारी, श्रीसेवा जडीबुटी कृषि सहकारी, जोरपोखरी जडीबुटी कृषि सहकारीलगायतका सहकारी आवद्ध भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य