१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

चितवन । भरतपुर महानगरपालिकाले कर अभियानको शुभारम्भ गरेको छ । लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्नका लागि बिहिबार कर अभियानको शुभारम्भ गरिएको हो ।‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको हो । कर अभियान घोषणाका क्रममा महानगर प्रमुख रेनु दाहालले समृद्ध महानगरपालिका निर्माणका लागि कर अभियान घोषणा गरिएको बताए ।

Advertisement

महानगरपालिकाभित्रको विकासको काम चित्तबुझ्दो भइरहेको उल्लेख गर्दै उनले महानगरको आन्तरिक आम्दानी वृद्धिका लागि कर अभियान घोषणा गरिएको जानकारी दिए । स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक रु एक अर्ब पु¥याउनुपर्ने लक्ष्य रहेको दाहालले बताए । सो लक्ष्य पूरा गर्नुपर्ने महानगरलाई चुनौती रहेको जनाउँदै उनले कर अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताए । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमतिअनुसार नै बढाएको भन्दै नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गरे। स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको अवस्थामा महानगर भएपछि करको दर तथा दायरा बढाइएको उनले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा महानगरको आन्तरिक आम्दानी रु ९२ करोड भएको उल्लेख गर्दै उनले यस आव २०७७-०७८ मा रु ९० करोड सङ्कलन गर्ने लक्ष्य रहेको बताए । कोभिड–१९ का कारण राजस्व सङ्कलनको लक्ष्य थोरै राखिएको उपप्रमुख ठकुरीले बताए ।कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै राजस्व सङ्कलन गर्नका लागि कर अभियान घोषणा गरिएको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, चितवन उद्योग सङ्घलगायतका सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग