ताजा अपडेट »

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने

शुक्रबार, ०६ चैत्र २०७७, १० : ३९
10 Shares


काठमाण्डौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन- २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ । प्रा डा. शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।

रासस
लेखकको बारेमा
रासस