ताजा अपडेट »

बालुवाटार हिँडेका झलनाथ-माधव पक्षका सांसद बाटोबाटै फर्किए

विहीबार, ०५ चैत्र २०७७, १२ : ३७
2 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन बालुवाटारतर्फ लागेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु फर्किएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो। उक्त बैठकमा भाग लिन जाँदै गरेका सांसद बाटोबाटै फर्केर खनाल(नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका छन्। बिहीबार बिहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको थियो । त्यसपछि नेपाल–खनाल पक्षका सांसदहरु बालुवाटारतर्फ लागेका थिए । तर, बालुवाटार नपुगी उनीहरु सिंहदरबारबाटै फर्किएका हुन् ।

स्थायी कमिटीमा रहेका सदस्यहरुबाहेक सबै सांसदहरु बालुवाटार जाने सहमति भएपनि नेपाल–खनाल पक्षबाट फोनआएपछि बिच बाटैबाट फर्किएको एक सांसद्ले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान कार्यक्रम पनि सो पक्षले बहिस्कार गरेको थियो ।

https://www.globalaawaj.com/archives/91406
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।