ताजा अपडेट »

बस व्यवसायीको निर्वाचनमा खरेल समूहको वर्चश्व

आइतबार, ०१ चैत्र २०७७, ०८ : ३७
2 Shares

बुटवल । पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वकाे समूहले बहुसंख्यक सिट जितेको छ । दुई समूह बनेर उम्मेदवारी दिएकाे निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल (१३३८) सहित जिवन कुमार बन्जाडे(१५३०) रामचन्द्र भुसाल(१३८६)माेहन पिएस(१४८४) चेतनारायण बेल्वासे(१३५७) नारायण प्रसाद घिमिरे(११४६) गाेपाल पाैडेल(१२९०)र कृष्णप्रसाद सापकोटा सागर (११४९) बिजयी भएका छन् त्यसैगरी पदमराज गाहाकाे प्यानलबाट गाहा(१३८९) सहित कृष्ण प्रसाद पाण्डे(१११७)र सुरेन्द्र श्रेष्ठ(१४२२)ले जित हासिल गरेका छन् ।

खरेलकाे प्यानलबाट ऋषिराम डुम्रे,कुश्माखर रेग्मी र जितेन्द्र श्रेष्ठ पराजित भए भने गाहाकाे प्यानलबाट कृष्णप्रसाद बेलवासे रमेशकुमार अधिकारी, प्रेम गाैचन,लाल बहादुर गुप्ता एलजी, साेभाखर भण्डारी, प्रेम गाैचन रुक्मांगद पाण्डे र दिपेन्द्र श्रेष्ठ पराजित भए । २०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएपछि ११ जना सन्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने ब्यवस्था छ ।

प्रालिको यहि २८ र २९ गते नया नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको कम्पनीको प्रवन्धपत्रमा साधारणसभा तथा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था छ । नेपालकै सबैभन्दा ठुलो यातायात ब्यवसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाता रहेकोमा २ हजार ८६ जनाले मतदान गरेका थिए।

https://www.globalaawaj.com/archives/89374
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।