ताजा अपडेट »

बुटवलमा ‘बुद्धिष्ट संस्कृति झल्काउने’ होटल दा फ्लामिङ्गो

सोमबार, २४ फागुन २०७७, १६ : ०५
4 Shares

बुटवल । बुटवल-आसपासका क्षेत्रमा ठूला र आधुनिक होटलहरु सञ्चालन हुने क्रम बढ्दो छ । यसै क्रममा हस्पिटालिटी क्षेत्रका अग्रज तथा अनुभवी समूहले बुटवलमा ‘होटल दा फ्लामिङ्गो’ स्थापना गरेको छ । हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापित होटल यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने भएको छ । सो बारे होटलले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सो अवसरमा होटलका सञ्चालक दिलिप गौचनले स्वदेशमा, अझै आफ्नै स्थानीय क्षेत्रमा केही गरौं भन्ने सोँचले हस्पिटालिटका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न होटल सञ्चालनमा ल्याउन लागेको बताए । सो का लागि हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको समूह बनाएको उनले बताए । उनले भने ‘ म बुटवलकै बासिन्दा यहाँ केही गरौं भन्ने ठानेर हस्पिटालिटी क्षेत्रमा अगाडि बढेको हुँ । पहिल्यैदेखि तयारी गरेका थियौं । तर, कोरोना महामारी र लकडाउनका कारण ढिला भयो । लामो समयको प्रतिक्षापछि बुटवल क्षेत्रकै उत्कृष्ट होटल हामीले सञ्चालनमा ल्याउन सफल भएका छौं ।’

शिवरात्रीको अवसरमा फागुन २६ गतेदेखि सफ्ट ओपनिङ्ग गर्दै सेवा शुभारम्भ गर्न लागेको बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सम्पूर्ण तयारी पूरा भएको महाप्रबन्धक काशीराम अधिकारीले जानकारी दिए । होटलले विशेषगरी लुम्बिनी भ्रमणमा आउने तथा बौद्धिष्ट पर्यटकहरुलाई लक्षित सेवा प्रदान गर्ने लक्ष्य राखेको बताएको छ । सो का लागि बुद्धिष्ट संस्कृति र संगीत झल्काउने लगाएतका विशेष्ताहरुको व्यवस्थापन गर्ने महाप्रबन्धक अधिकारीले जनाए। त्यसैगरी होटलमा थकाली संस्कृति झल्काउने विशेष्ता र परिकार पनि रहने उनले जनाए । होटलमा लामो समयदेखि विभिन्न देशहरुमा काम गरेका सूर्यप्रसाद बस्याल प्रमुख सेफ रहेको र हस्पिटालिटी क्षेत्रका अनुभवी दिवाकर प्रधान फूड एण्ड वेभरेज म्यानेजर रहेका छन् । त्यसैगरी मानवीय स्रोत व्यवस्थपनमा शिला आचार्य रहेकी छन्।

होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार प्रकारका ५२ वटा रुम रहेको उनले जनाए । त्यसैगरी होटलमा ४ सय जना क्षमताको एउटा बेन्कुइट हल छ भने २ वटा कन्फ्रेन्स हल छन् । एक कन्फरेन्स हल सय जना क्षमताको र अर्को ३० जना क्षमताको रहेको छ । त्यसैगरी होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम, प्रशष्त पार्किङ क्षेत्र, मनोरम बुटवलको दृश्य अवलोकन गर्ने स्थान लगायतका सेवा तथा विशेष्ता रहेका छन् । होटलमा करिब २० करोड लगानी रहेको सञ्चालक दिलिप गौचनले बताए ।

होटलले सेवा र व्यवसायसँगै समय सापेक्ष सामाजिक क्षेत्रमा पनि योग्दान पुर्याउने जनाएको छ । होटल सञ्चालनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको र होटलका परिकारहरु आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खुवाई सकेको महाप्रबन्धक काशी अधिकारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।