ताजा अपडेट »

नवलपरासीमा पुलबाट खसेर बृद्धको मृत्यु

बुधबार, १९ फागुन २०७७, २० : २६
6 Shares

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेला खसेर एक बृद्धकाे मृत्युु भएकाे छ ।

मंगलबार राति पाल्हिनन्दन- ३ कुश्मा निवासी हाल सरावल-५ बडहरा दुवाैलीया बस्ने वर्ष ६५ का शंकर लाेनियाकाे झरहि खाेला खसी मृत्यु भएकाे हाे । मृतक गए राति आफ्नो ठुलाे दाईकाे निधनकाे १६ ओैं दिनकाे तिथिमा भाेज खाएर घर फर्कने क्रममा खाेलामा खसेका हुन् ।

मृतकाे शव आज विहान अन्दाजी ८:५३ बजे काे समयमा पानीमा दुवेकाे देखेर स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । शव पाेस्टमार्टमकाे निम्ति पृथ्वी चन्द्र अस्पताल ल्याईएकाे प्रहरीले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।