ताजा अपडेट »

डिजिटल बैंकिङ्ग सेवा बिस्तार गर्दै साइन रेसुङ्गा

मंगलबार, १८ फागुन २०७७, १६ : २१
6 Shares

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तिब्रता दिएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो । प्रविधिमैत्री बैंकिंङ्ग सेवा बिस्तार गर्ने उद्धेश्यले बैंकहरुले क्युआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडी बढाएका हुन् ।


यसै क्रममा साइन रेसुङ्गा डेभलपेण्ट बैंकले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलका हाटबजार व्यवसायी तथा अटो रिक्सा चालकहरुलाई डिजिटल बैंकिङ्ग सेवाका लागि क्युआर कोड बितरण गरेको छ । बैंकले आज ड्राइभरटोलमा एक कार्यक्रमकाबीच ५० हाटबजार व्यवसायी र ११ जना अटो रिक्सा चालकलाई क्युआर कोड बितरण गरेको हो । क्युआर कोड बितरण गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले राष्ट्र बैंकसँगको सहकार्यमा विद्युतीय भुत्तानी प्रणाली सेवा बिस्तार गरेको बताउदै यो सेवा अन्य सेवाभन्दा सूरक्षीत रहेको बताए ।

एटिएम सेवा हुँदै विश्वमा मोवाइल बैंकिङ्ग सेवाको विकास भएको भन्दै उहाँले ढिलो चाडो सबै यो सेवा मा जोडिनुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका ड्राइभरटोल शाखा प्रवन्धक पबित्रा खनाल,हाटबजार व्यवसायी अर्जुन पाण्डे, रिक्सा ब्यवसायी संघ संकरनगरका अध्यक्ष अध्यक्ष रोमनाथ भण्डारी लगायतले डिजिटल भुक्तानी प्रणालीको उपयोगिता र महत्वबारे आ आफ्नो भनाई राख्नुभएको थियो । केही दिनअघि रुपन्देहीको भैरहवाबाट सुरु गरेको डिजिटल भुक्तानी प्रणाली अन्तर्गत आज मात्रै ६० बढी ब्यवसायीलाइ क्युआर कोड बितरण गरिएको बैंकका बरिष्ठ प्रबन्धक लालमणी पन्थीले जानकारी दिए । ।

बजार गर्न जाँदा अब पराम्परा गत तरिकाले पैसा नै बोकेर हिड्नु पर्ने बाध्यता बिस्तारै हट्दैछ । कुनै पनि बैंकमा खाता हुनेले डिजिटल माध्यमबाट नै भुक्तानी हुने गरि अहिले बजार क्षेत्रमा प्राय पसलमा क्युआर कोड राखिएको छ । नगद नभएको अवश्थामा पनि मोबाईलकै माध्यमबाट सजिलै तिर्न मिले पछि बिस्तारै यो अभियान गाउँतिर पनि केन्द्रित हुँदैछ । भैरहवाका पसल मात्र हैन यँहाका ई–रिक्सा, अटो, भाडाका कारमा समेत अहिले डिजिटल भुक्तानी प्रभावकारी भएको छ । नगद नबोकेपछि चोरी हुने तथा हराउने समस्या हुन्न भने डिजिटल भुक्तानी गर्दा नगद भुक्तानीबाट हुने जोखिम पनि नरहेको सरोकारवालाको भनाई छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गांउगांउसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताए । उनले यो प्रविधी सुरक्षित, सजिलो र सर्वसाधारण्को पहुंचसम्म पुर्याउन कम खर्चिलो भएकोले क्युआर कोडबाट भूक्तानी गर्न सर्वसाधारण अभिप्रेरित गर्नुपर्ने उल्लेख गर्दै यसलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको ठुलो भूमिका हुने बताएका छन् ।

यहि प्रयास स्वरुप नै नेपाल राष्ट्र बैंकको सहकार्यमा भैरहवाका रिक्सा ब्यवसायी र अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारिमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरुमा पनि क्युआर कोडबाट भुक्तानी प्रणालीको शुरु भएको छ । सनराइज बैंक लिमिटेडद्धारा प्रदान गरिएको क्युआर कोडको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले आज देखी सुरु गरेका हुन । निर्देशक फुयालले नेपालमा डिजिटल बैंकिंग प्रणालीको आवश्यकता बारे चर्चा गर्दै लुम्बिनी प्रदेशमा क्युआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेकोले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

शुभारम्भ कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल, नेपाल राष्ट्र बैक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने लगायत ट्याक्सी ब्यवसायीहरु र सनराइज बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस्तै पाल्पा जिल्लामा पनि डिजिटल प्रविधी मार्फत बैंकिंङ्ग सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई शुरुवात गरिएको छ । तानसेन नगरपालिकाका मेयर अशोक शाही र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले पाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानुनीसेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरु गरि १ सय १८ जनालाई क्युआर वितरण गरेका थिए ।

पाल्पामा नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्युआर कोड प्रदान गरेको छ । तानसेन नगरपालिकाका मेयर अशोक शाहीले विज्ञान प्रविधिको विकास भएका संगै बैकिंङ्ग प्रविधीलाई सबैले अवलम्वन गर्दै जानु पर्ने बताए । नेपाल बैंक लिमिटेड पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण वस्याल लगायतले नगदसहित कारोबारमा जोड दिनुपर्ने बताए ।

https://www.globalaawaj.com/archives/84120
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।