२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाण्डौं । कार्टुनिष्ट क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् ।

Advertisement

उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक कार्टुनको माध्यमबाट सञ्चारक्षेत्रले खबरदारी गरिरहनुपर्ने बताए । उनले भने, “सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु हुँदैन ।” उनले सञ्चारमाध्यमले विसङ्गतिमाथि खबरदारी गर्दा सार्वजनिक महत्वको विषय हुनुपर्ने तथा बदनियत नराखी जनतालाई सुसूचित गर्नका लागि आलोचनात्मक हुँदा कानूनको बन्धनमा पार्न नहुने विचार व्यक्त गरे । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानूनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिँड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको जिकिर गरे । उनले भने, “सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति छ । आलोचनाले कमजोरी सुधार्न मद्दत पुर्याउँछ भन्ने सोचको विकास गर्नुपर्छ ।” उनले लोकतन्त्रको सौन्दर्य नै अभिव्यक्ति स्वतन्त्रता रहेको धारणा राख्दै आलोचनात्मक चेतले समाजलाई गतिशील र विकसित बनाउने विचार व्यक्त गरे ।

कार्टुनिष्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसङ्गतिविरुद्ध यो सशक्त माध्यम भएको बताए । उनले सूचनाको बलियो पाटो कार्टुन बनाएर छाप्नेबेला सम्पादकले कार्टुन छापेकै आधारमा कारवाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफलपछि मात्र छापिने अवस्थामा कार्टुनिस्टले काम गरिरहेको जिकिर गरे । उनले भने, “यो अवस्था राजधानीभन्दा पनि मोफसलका कार्टुनिस्टले बढी सास्ती भोग्नुपरेको छ ।”

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशवराज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए । उनले भने, “कार्टुन दृश्यभाषा भएकाले सबै तह र तप्काका मानिसले यसको विचार र भावपक्ष सहजै बुझ्नसक्ने भएकाले खबरदारीको सशक्त माध्यम बन्न गएको छ ।” उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने नियन्त्रणमुखी कानून बन्न नहुने विचार व्यक्त गरे ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसङ्ग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए । उनले समाज रूपान्तरणमा कार्टुनले आवश्यकतानुसार आफ्नो भूमिका निर्वाह गर्दै आइरहेकाले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन नहुनेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता