१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

Advertisement

नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ ।

“महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भने, “महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५/२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उनले बताए ।

घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनुका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उनको भनाइ छ । नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।

पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खोर सुधारबारे जानकारी दिइएको बताए । “व्यवसाय प्रवद्र्धन गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सिकाएका छौँ”, उनले भने, “बाख्रापलनमा संलग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।”

“हाडनाताबाट जन्मने बाख्रा ख्याउटे हुने, गर्भ तुहिने र वृद्धि विकाससमेत कम हुने भएकाले क्रस ब्रिडिङ गराउनुपर्ने कुरा सिकाएका छौँ”, उनले भने, “सन्तुलित घाँस व्यवस्थापन गर्नका लागि डालेघाँस, कोशे-अकोशे जातका घाँस लगाउनुपर्ने र सन्तुलित दाना बाख्रलाई खुवाउनुपर्ने कुरा तालिमका क्रममा बताएका छौँ ।” दुवै वडाका महिलालाई रु एक लाख ५० हजार रकम अनुदानका रूपमा दिइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट