ताजा अपडेट »

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुँदै

शुक्रबार, २० बैशाख २०७६, ११ : ३५
12 Shares
फाइल तस्विर

वैशाख २०,
काठमाण्डौ । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद भवन बानेश्वरमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपति भण्डारीले वाचन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु उपस्थित हुनेछन् । बैठक संघीय संसदका सभामुख कृष्णबहादुर महराले सञ्चालन गर्नेछन् । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट प्रस्तुत गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।