ताजा अपडेट »

प्रधानमन्त्रीले पुनः डाके संवैधानिक परिषद्को बैठक, देउवा नजाने

विहीबार, ०२ पुस २०७७, १५ : ११
2 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद्को बैठक डाकेका छन् । बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक बोलाएका हुन् ।

तर, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी नहुने स्रोतले जनाएको छ । संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै यसअघिका बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।