ताजा अपडेट »

सबै सामुदायिक विद्यालयमा निःशुल्क भर्ना

आइतबार, ०८ बैशाख २०७६, १९ : ३७
8 Shares

वैशाख ८,

ग्लोबल आवाज
धकधई । रुपन्देहीको एक गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा निःशुल्क भर्ना गर्ने भएको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिका भित्र रहेका बिद्यालयहरुलाई बिद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिएका छन् । कतिपय बिद्यालयले बिद्यार्थीबाट रकम उठाएर बिद्यालयको बैंक मौज्दात मात्र बढाएको उनको आरोप छ । “बिद्यार्थी र उनिहरुको अभिभावकको रगत पसिनाको कमाई चुसेर बिद्यालयले आफनो बैंक ब्यालेन्स बढाउनु गलत हो” यादवले भने “त्यस कारण अबका दिनमा गाउँपालिकाका कुनै पनि सामुदायिक बिद्यालयमा भर्ना शुल्क लिन दिन्न ।”


रामनरेश यादव आदर्श माध्यमकि बिद्यालयका कक्षा ११ का बिद्यार्थीले कक्षा १२ को बिद्यार्थी बिदाई कार्यक्रममा बोल्दै उनले यसैशैक्षिक सत्रदेखि नै भर्ना नि:शुल्क गरिएको उनले बताए । यसको लागी गाउँ शिक्षा समितिबाट समेत निर्णय भई सकेको यादवले जानकारी दिए । स्थानीय तहले अब सबै बिद्यालयको अनुगमन गर्ने उनले बताए । रामनरेश यादव माध्यमिक बिद्यालयले महिनाको ३ लाख खर्च हुने प्रस्ताव राखेको र बार्षिक ३६ लाख बिद्यालयले उठाउनै नसक्ने यादवले दावी गरे । उनले यो रकम बिद्यार्थीबाट उठाउन खोज्नु पनि गलत भएको टिप्पणी गरे ।

बिद्यालयहरुलाई सक्रियतापूर्व घर दैलो गरि भर्ना अभियान बढाउन उनले निर्देशन दिए । जति बिद्यार्थी भर्ना हुन्छन ती सबै बिद्यार्थीको भर्ना बापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने उनले बताए । कुनै पनि हालत रोहिणी गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले भर्ना शुल्क लिन नपाउने र लिएको भए पनि त्यसलाई फिर्ता गर्न उनले बिद्यालयहरुलाई निर्देशन दिएको बताए ।

बिद्यालयको कोष बढाएर कतिपय बिद्यालयका कर्मचारी र बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले कोष हिनामिना गरि रहेको उजुरीहरु गाउँपालिकामा आई रहेको उनले बताए।अबका दिनमा कोष बढाउन भन्दा पनि शैक्षिक स्तर उकास्न उनले बिद्यालयलाई आग्रह गरे ।
यसै बिषयमा बैशाख ६ गते बसेको गाउँ शिक्षा समितिले निर्णय गरि सकेको हुँदा सोही निर्णय अनुसार गर्न उनले रोहिणी गाउँपालिका अन्र्तगतका सबै सामुदायिक बिद्यालय र मदरसाहरुलाई परिपत्र गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।