१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

कर्णाली । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक/एक लाख धरौटी माग गरेको छ । मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा उक्त रकम धरौटी माग्दै छाड्न आदेश दिएको हो । यसअघि तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधिश सुदर्शनदेव भट्टबीच अभियुक्तमध्येका छ जनालाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो ।

उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले संयुक्त इजलासको राय बाँझिदा एकल इजलासमा पेश गर्ने कानूनी व्यवस्था रहेको बताए । उनले भने, “माननीय मुख्यन्यायाधीशज्यूको एकल इजलासले छ जना मध्येका एक सबिन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।” मुख्यन्यायाधिश सुवेदीको इजलासले घटना विवरण कागजमा प्रतिवादी सबिन पुनले भेरी नदी पार गरेर भागिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफू नदीमा गएको र भङ्गालो पार गरी भागिरहेकालाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ ।

अन्य पाँच जनाले घटना हुँदाका बखत आफू खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थित भइ बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टी नभएको आधारमा पछि ठहरे बमोजिम हुनेगरी हाललाई जनही रु एक/एक लाख धरौटीमा छोड्न आदेश भएको रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो । जेठ १० गते रुकुम पश्चिमको सोतीमा जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, सञ्जिव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टीकाराम नेपालीको हत्या भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग