ताजा अपडेट »

रुपन्देही युवा समूहको कार्यालय उद्घाटन

शुक्रबार, १२ मंसिर २०७७, २२ : २३
6 Shares

बुटवल । विगत केही वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समूह रुपन्देही युवा समूहको कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको शुक्रबार एक कार्यक्रममा बीच संविधानसभा सदस्य इश्तियाक अहमद खानले उद्घाटन गरेका हुन् । सो अवसरमा सांसद खानले समूहले सामाजिक कार्यमा रचनात्मक भुमीका खेलेको बताउँदै आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुलाई निरन्तर दिन आग्रह गरे ।

सो अवसरमा मायादेवी च्यारीटेबल फाउन्डेशनका संस्थापक रबि रौनियारले पनि रुपन्देही यूवा समूहले सामाजिक कार्यमा महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा समूहका संस्थापक आनन्दप्रसाद गुप्ताले समूहको काम कर्तव्य माथि प्रकाश पारेका थिए ।

रुपन्देही यूवा समूहका अध्यक्ष विशाल गुप्ताको अध्यक्षता, जिल्ला महासचिव कृष्णप्रसाद खरेलको सञ्चालन रहेको उक्त कार्यक्रममा समूहका जिल्ला कोषाध्यक्ष अविषेक जैसवाल, क्षेत्र न. ३ का अध्यक्ष ओजस शर्मा, समूहका बुटवल उपमहानगरपालिका अध्यक्ष बिमल पौडेल, समूहका तिलोत्तमा नगर उपाध्यक्ष सायद पाठक लगाएतको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।