ताजा अपडेट »

सडक विभागले तीन हजार किमी सडक आवधिक मर्मत गर्ने

शुक्रबार, १२ मंसिर २०७७, १५ : २१
2 Shares

काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक ९कोर रोड नेटवर्क० मा मर्मत गर्न लागिएको हो ।

आगामी पाँच वर्षमा मर्मत गरि सक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, “सडक अनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ ।”

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मतभन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए। सामान्यतया सडक निर्माण गरिएको पाँच÷छ वर्षमा मर्मत गर्नु पर्ने हुन्छ । कतिपय सडक त्यसभन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन–नागढुङ्गा सडक, कमला–ढल्केबर सडक लगायत छन् ।

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नु पर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ ।

रासस
लेखकको बारेमा
रासस