ताजा अपडेट »

सैनामैनामा देशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर

शुक्रबार, १२ मंसिर २०७७, १० : ५२
36 Shares

सैनामैना । रुपन्देहीको सैनामैनामा देशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको साढे ३ करोड बढी लागतमा रिफ्रेस सेन्टर निर्माण हुने भएको हो । पुर्व–पश्चिम लोकमार्ग अन्तरगत सैनामैनाको वडा नम्बर ११ पिपल डाँडामा निर्माण गर्न लागिएको अत्याधुनिक रिफ्रेस सेन्टरमा लामो दुरीका सवारीका चालकहरुलाई सुत्न समेत मिल्ने गरी आराम गर्ने व्यवस्था तथा यात्रुहरुले समेत आराम गर्न पाउने गरी रिफ्रेस सेन्टर निर्माण हुने भएको हो ।

निःशुल्क रुपमा प्रयोग गर्नेगरी अत्याधुनिक सौचसहितको स्वच्छ पिउने पानी लगायतका सुविधासहित निर्माण हुने सेन्टरको पहिलो चरणको काम सुरु भएको छ । आयोजनाको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् । दुई वर्षमा काम सक्ने गरि ३ करोड ५५ लाख ७९ हजार ५१० लागतमा हुने पहिलो चरणको निर्माणको जिम्मा भिमेश्वर मामा जेभीले लिएको छ । बढ्दो सवारी दुर्घटनालाई कम गर्न तथा स्वच्छ लोकमार्ग निर्माणका लागि सेन्टरको निर्माण गर्न लागिएको सैनामैना नगरका प्रमुख चित्रबहादुर केसीले बताए । २ विगाह जग्गामा निर्माण हुन लागेको रिफ्रेस सेन्टर निर्माण पछि सञ्चालनको जिम्मा समेत पाएको सैनामैना मुलुककै पहिलो खुल्ला दिसा मुक्त नगर समेत हो ।

रिफ्रेस सेन्टर बारे जानकारी गराउँदै प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुख धुर्व धितालले यस भित्र स्मार्ट रेष्ट रुम, सावर रुम, पार्किङ, पाथ वे, रोड एरिया, कार वासिङ सेन्टर, चार्जिङ स्टेसन, ड्राइभर रुम तथा वाटर ट्याङ्क लगायत रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।