७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ ।

Advertisement

लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए ।

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उनी घरमै एकान्तवास बसे । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुक्त नभईकन नियमित काममा निस्कन सकिएन भने ।

यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सकेका छैनन् ।

चिकित्सकले लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रूपमा नियमित काममा निस्कँदा कुनै असर नगर्ने बताउँछन् । पत्रकार विष्ट लगायत उनकी श्रीमती र दुई छोरीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । समाजमा भने अझै कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गर्दै विष्टले आफू सङ्क्रमित भएको सामाजिक सञ्जालमा राख्दा आफन्तबाटै उक्त पोस्ट हटाउन दबाब आएको सुनाए ।

चिकित्सकले नियमित काममा निस्कन मिल्ने भनेपछि सङ्क्रमित भन्ने बित्तिकै मानिसले छुट्टै दृष्टिकोणले हेर्छन् भन्ने डर रहेको छ । कतिपयमा लामो समयसम्म हल्का खोकी देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मी कोरोना सङ्क्रमण भएको १४ दिनपछि नियमित काममा आउन थालेका छन् । १४ दिनपछि पनि ती स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण भइरहँदा पनि स्वास्थ्य सेवामा फर्कनुको कारण स्वास्थ्यकर्मीमा भएको भाइरस अन्य व्यक्तिमा नसर्ने भएकाले हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने