१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।

Advertisement

महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि पैदलयात्रुले क्याम्पस परिसर भित्र रहेको पुरातात्विक महत्वको राणकालीन आनन्द निकेतन दरबार र पानीको फोहोरासहितको हरियो बगैँचा सजिलै अवलोकन गर्न सकिन्छ । यसअघि काम विशेषले क्याम्पस प्रवेश गर्नेले मात्र अवलोकन गर्न पाउँथे । इँटाको अग्ला पर्खाल भएकै कारण सर्वसाधारणले क्याम्पस परिसरमा सहजै भित्र छिर्न मात्रै होइन, पुरातात्विक महत्वका ती दरवार र पानीको फोहोरासहितको हरियो बगैँचा अवलोकनसमेत गर्न पाउँदैनथे । महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि अहिले पैदलयात्रुले समेत भित्रको दृश्यावलोकन सहजै गर्न थालेका छन् ।

महानगरपालिकाले खुला क्षेत्र विस्तार गर्न पहिलो चरणमा कुपण्डोल–लगनखेल सडकअन्तर्गत पर्ने नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस खुला गरेको हो । इञ्जिनियरिङ क्याम्पसले गत वर्ष पर्खाल हटाएर दृश्यावलोकन गर्न सकिने खालको बार लगाउन महानगरपालिकालाई अनुरोध गरेको थियो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा डा लक्ष्मण पौडेलले संयुक्त रुपमा बुधबार सो फलामेबारको उद्घाटन गरे ।

सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकाले तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काइ पारदर्शी हरियो बार लगाइदिएको बताए । उनले भने, “क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालीन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैँचाको सुन्दरता सबैलाई देखाउन यस कामलाई अघि बढायौँ । अग्लो र जीर्ण भवनले शहरको सुन्दरतामा आँच पुग्नुका साथै भूकम्पीय दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण रहेका थिए ।” सो योजना सम्पन्न गर्न महानगरपालिकाले मूल्यअभिवृद्धि करसहित रु ५५ लाख २९६ खर्च गरेको उनले जानकारी दिए ।

प्रमुख प्रा डा पौडेलले क्याम्पस प्रशासनमा रहेको बगैँचालाई अझै व्यवस्थित बनाउन यो बारले निकै सहयोगी भूमिका खेल्ने बताए । निवर्तमान क्याम्पस प्रमुख प्रा डा गोकर्णबहादुर मोत्राले महानगरपालिकाले शहरको सौन्दर्य बढाउन लगाइदिएको पारदर्शी बारले क्याम्पस परिसरको बगैँचा र दरबारलाई हरेक सर्वसाधारणले हेर्न पाउने बताए ।

महानगरपालिकाले सदर चिडियाखान अगाडि फुटबल मैदान र महालक्ष्मीस्थान नजिकै रहेको राजदलगणसँगको खेल मैदान वरिपरीसमेत हरियो बार लगाइदिएको छ । आर्थिक वर्ष २०७५/७६ को नगर गौरवको आयोजनाअन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त बार लगाइदिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग