१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् ।

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ छ । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन् । चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन् ।

“विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन”, उनले भनिन्, “विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।” सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै