१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

फाइल तस्वीर

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपालपर्यटन बोर्डले आज आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्र्रियामा उहाँले कोभिड–१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरेका हुन् ।

Advertisement

व्यसायीले पर्यटक आवागन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए । व्यसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले अहिले आवागन प्रवेशाज्ञा खुला गरे पनि धेरै पर्यटक आउँछन् भनेर उत्साहित हुने अवस्था नरहेको बताउँदै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गरे । उनले अन्य देशमा कोभिडपछि विमानस्थल नै बन्द भए पनि नेपालको विमानस्थल एक दिन पनि बन्द नभएको बताउँदै कोभिडपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार लाख मानिसले हवाइजहाज प्रयोग गरेको जानकारी दिए ।

मन्त्री भट्टराईले असोज ५ गतेदेखि नियमित आन्तरिक उडान शुरु गरेपछि हालसम्म चार हजार ८०४ उडान काठमाडौँ बाहिर भएको, चार हजार ५५ काठमाडौँ भित्रिएकोे जानकारी गराउँदै ती उडानमार्फत एक लाख ७५ जना काठमाडौँबाट बाहिरिएका र एक लाख ६९ हजार काठमाडौँ भित्रिएको बताए।

मन्त्री भट्टराईले विश्वमा ३२ प्रतिशत उडान हुदाँ पनि नेपालमा भने ४० प्रतिशत उडान भइरहेको बताए । उनले अन्तरराष्ट्रिय उडानमा दक्षिण एशियामा लचकता अपनाउने देश नेपाल भएको भन्दै भारतले सो पनि गर्न नसकेको उल्लेख गरे। नेपालको विमानस्थलमा प्रयोग भएको स्वास्थ्य प्रोटोकल विश्वमा नै उत्कृष्ट भएको भन्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले २५ हजार डलरले नेपाललाई पुरस्कृत गरेकोसमेत बताए ।

पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले पर्यटन खोल्नका लागि कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह गर्दै तद्अनुरुप सामूहिक छलफलबाट निष्कर्षमा पुगिने बताए ।
कार्यक्रममा ट्रेकिङ् एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग