७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५ चौँरी वितरण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

Advertisement

प्रतिचौँरीको रु ९० हजारदेखि एक लाखसम्म पर्ने र चौँरी तथा चीज कारखाना स्थापनाका लागि संस्थाले रु ९५ लाख प्रदान गर्ने भएको छ । रु २५ लाखमा निर्माण गरिने चीज कारखानाका लागि पालिकाले ५० प्रतिशत ब्यहोर्ने पालिकाले जनाएको छ ।

समुद्री सतहबाट तीनहजार मिटरको उचाइमा पर्ने उक्त गाउँमा चौँरीपालक किसानका २०/२५ गोठ छन् । प्रतिगोठमा १५ देखि ३० चौँरी रहेको र त्यहाँका किसानबाट उत्पादित घ्यू स्थानीयस्तर र राजधानीका गुम्बामा पुग्छ । किसानले हातैले निर्माण गरिएका छुर्पी जापान, दक्षिण कोरिया तथा युरोप, अमेरिका महादेशमा पुग्ने भएकाले एक किसानले २० चौँरीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्ने वडाध्यक्ष मुके शेर्पाले बताए ।

यसैगरी संस्थाको रु २५ लाखको आर्थिक सहयोगमा सोही वडाका सबुखानी र तारतुम गाउँमा खानेपानी योजना सञ्चालन गरिने भएको छ । खानेपानीको अभाव झेलिरहेका स्थानीय २०० घरपरिवारका लागि एक घर एक धाराको अवधारणानुसार २०० धारा वितरण गरिने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने