७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो ।

Advertisement

नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको सो सङ्ग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए । उनका अनुसार माक्स, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थी रु ५०, नेपाली रु १००, सार्क रु २०० र बाह्य पर्यटकलाई रु ५०० र गार्डेनको लागि रु ३० को टिकट व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा फैलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको बताउँदै निर्देशक गौतमले भने, “उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ ।”

कोरोना सङ्क्रमणका बाबजुत पनि लामो समयपछि भ्रमणको लागि पर्यटकीय नागरी पोखरा आएका अन्तरिक पर्यटकका लागि सङ्ग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको उनको दावी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने