ताजा अपडेट »

इजरायली प्रधानमन्त्रीद्वारा साउदी युवराज र अमेरिकी विदेश मन्त्रीसँग वार्ता

मंगलबार, ०९ मंसिर २०७७, १० : ४२
4 Shares

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उनीहरुको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् ।

साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पु-याउनेगरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो । अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका थिए । छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुगेकाा थिए । उनीहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ ।-एएफपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।