१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

दमौली । व्यास नगरपालिकाले नगरवासीको मत सर्वेक्षणका आधारमा आगामी वर्षको नीति, कार्यक्रम र योजना तर्जुमा गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएको ४३ महिना पूरा भइसकेकाले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम नगरवासीको मत सर्वेक्षणका आधारमा गर्न लागेको हो ।

Advertisement

जनताको सुझावलाई ग्रहण गर्दै नीति, कार्यक्रम, योजना र प्राथमिकता निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । त्यसका लागि नगरपालिकाले शेयरकाष्ट इनिसिएटिभ नेपाल संस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । “नगरवासीको सुझावका आधारमा योजना बनाउन मत सर्वेक्षणको तयारी गरेका छौ, नगरवासीको सुझाव हाम्रा लागि मार्गदर्शन हुनेछन्,” न्यौपानेले भने ।

मानुङमा पूर्वाधार निर्माण गरिने
पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ । मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने ‘सेड’ निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिए । साथै मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

गत हप्तामात्रै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मानुङको विकासका लागि चासो व्यक्त गरेका थिए । मानुङको अवलोकन गर्दै मन्त्री गुरुङले चालु आर्थिक वर्षमै मानुङमा पूर्वाधार निर्माणका लागि बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वको टोलीले मानुङको भ्रमण गरेको थियो ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई