१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

तुलसीपुर । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।

कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो । उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।

भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । उनले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताए । साथै उनले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गरेका छन् । उनका चार छोरा छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग