८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । रोटरी क्लव अफ बुटवलको १३३९ औं नियमित बैठक शनिबार भएको छ । बैठकमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत डा. पुष्पराज पौडेल अतिथी वक्ताको रुपमा सहभागी भएका थिए । त्यस अवसरमा उनले लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ को उपचार, संक्रमण रोकथाम र नियन्त्रणमा चालेका प्रयासबारे जानकारी गराएका थिए ।

उनले लुम्बिनी प्रदेशमा हालसम्म २२ हजार २६७ जना कोरोना संक्रमित भएको, १९ हजार २५१ जना निको भएको र २५१ जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै दुईहजार ८६२ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए । सूचना अधिकृत पौडेलले लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा हालसम्म २३ करोड १८ लाख ७४ हजार रुपियाँ जम्मा भएकोमा २१ करोड ८४ लाख १० हजार रुपियाँ खर्च भएको बताए । प्रदेश सरकारले कोभिड विशेष अस्पताल, आइसोलेसन सेन्टरहरु निर्माण गरी कोरोनाको उपचार र व्यवस्थापन गरिरहेको भन्दै उनले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने हो भने कोभिड-१९ नियन्त्रण गर्न सकिने बताए ।

त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट नोमिनी बोनिन पिया, सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली, पुर्व अध्यक्ष पुरन श्रेष्ठ र मणिरत्न पाण्डेले विभिन्न जिज्ञासा राखेका थिए । रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको भर्चुअल बैठकमा सचिव रोम शर्माले अघिल्ला बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष खेमनारायण पराजुली, करुण खनाल, सावि बिश्वकर्मा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर