November 23, 2020, Monday
२०७७ मंसिर ९, मंगलवार

राजमो अध्यक्ष केसी कोरोना जितेर घर फिर्ता

255

?????

काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड-१९ निको भएर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मँगलबार अस्पतालबाट घर फर्किएका हुन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।

global-corona-notice

पछिल्लो अपडेट