११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल । बुटवल उपमहानगरको स्वामित्वमा रहेको बुटवल हाटबजारका व्यवसायीक सटरको टेण्डर खोल्ने क्रममा झडप भएको छ । उपमहानगरले नियम विपरित उल्लेखित समयावधी नाघेर आएका निवेदनहरुलाई समेत दर्ता गरेको भन्दै व्यवसायीहरुले विरोध गरेका थिए ।

Advertisement

मध्यान्ह १२ बजे सम्मको समय निर्धारण गरेरपनि त्यसपछि आएका टेण्डरहरुलाई समेत दर्ता गरिएको भन्दै ब्यवसायीहरूले उपमहानगर घेराउ गरेका थिए । उनीहरु उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि झडप भएको हो । ब्यवसायीले उपमहानगरले चलखेल गरेर आफूहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् भने उपमहानगरले १२ बजे पछि दर्ता नगरिएको बताएको छ ।

१७ वर्ष पहिले शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अनियमितता भएको बताएका हुन् । उप महानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टि ले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि उप नगरपालिकामा स्वामित्व जानेगरि तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा ब्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।

यहि कार्तिक ३० गते म्याद सकिनु अघि उपमहानगरले ३० दिने सुचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेकोमा आज टेण्डर खोल्ने कार्यक्रम रहेको थियो । ८७ वटा व्यवसायीक सटरका लागि ३ सय ४१ वटा टेन्डरमा आज मात्रै १५० बढी निवेदन दर्ता भएको उपमहानगरका वित्तिय व्यवस्थापन महाशाखाका विष्णुप्रसाद खनालले बताए । ‘व्यवसायीहरुले आरोप लगाएजस्तो नियम विपरित गएका छैनौ मध्यान्न १२ बजेसम्म तोक लगाइएका निवेदनलाई मात्रै दर्ता प्रक्रियामा लगेका हौं ।’–खनालले भने ।

तस्विर सौजन्य विष्णु घिमिरे

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी