ताजा अपडेट »

बाइडेनले तोडे ओबामाको रेकर्ड

शुक्रबार, २१ कार्तिक २०७७, ११ : ११
8 Shares

काठमाडौँ । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासकै धेरै मत प्राप्त गरेका छन् । उनले पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००८ को निर्वाचनमा प्राप्त गरेको मतलाई उछिनेका हुन् ।

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख बढी मत प्राप्त गरेका थिए । अहिले ओबामाकै कार्यकालमा उपराष्ट्रपति रहिसेकका उमेदवार जो बाइडेनले मतगणना नसकिँदै उनको रेकर्ड तोडेका हुन् ।

बाइडेनले शुक्रबार बिहानसम्म ७ करोड ३४ लाख बढी मत प्राप्त गरेका छन् जुन कुल मतदानको ५०.५ प्रतिशत हुन्छ । मतगणता अझै जारी रहेको हुँदा अन्तिम सङ्ख्या यो भन्दा धेरै हुन सक्छ ।

हाल राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बाइडेनको अग्रता कायम छ जसले शुक्रबार बिहानसम्म कुल मतको ४७.९ प्रतिशत प्राप्त गरेका छन् । तर अझै हजारौँ मत गन्ती हुनै बाँकी रहेकाले दुवै उमेदवारले ओबामाको यसअघिको सार्वधिक मत रेकर्ड तोड्न सक्ने सम्भावना रहेको छ ।

अहिलेसम्म बाइडेनको पक्षमा २६४ इलेक्टोरल कलेज भोट छन् भने ट्रम्पको पक्षमा २ सय १४ इलेक्टोरल कलेज भोट रहेको छ । अब बाइडनलाई जितको लागि ६ भोटको आवश्यक रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।