ताजा अपडेट »

अमेरिकी चुनाव: निर्णायक बने यी ५ राज्य, कुनमा को अगाडि ?

विहीबार, २० कार्तिक २०७७, ११ : ३२
8 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदै आएको छ । कूल ५० राज्यमध्ये ४५ स्थानको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन् । तर, केही राज्यमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फराकिलो अन्तर रहेको कारण बाइडेनले जित्छन् भने यकिन भैसकेको छैन ।

अमेरिकाको नयाँ राष्ट्रपति को बन्छ त्यसका लागि झण्डै एक हप्ता लाग्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्मको सार्वजनिक नतिजाअनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन् । अब बाइडनलाई जितका लागि ६ भोटको आवश्यक रहेको छ ।

वाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएका छन् । अब ५ राज्यको अन्तिम परिणाम आउन बाँकी छ । जसमा चारमा ट्रम्प र एकमा बाइडनको अग्रता रहेको छ ।

अलास्का- यस राज्यमा राष्ट्रपति ट्रम्पको अग्रता रहेको छ । ३ इलेक्ट्रोलर कलेज भोट रहेको यस राज्यमा ट्रम्पले अहिलेसम्म १ लाख १८ हजार ६ सय २ मत प्राप्त गर्दा बाइडनले ६३ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् ।

पेन्सल्भेनिया- यहाँ पनि मतगणना जारी रहेको छ । ट्रम्प झिनो मतअन्तरले यस राज्यमा अगाडी रहेका छन् । ट्रम्पले ३२ लाख १५ हजार ९ सय ८३ मत प्राप्त गर्दा बाइडनले ३० लाख ५१ हजार ५ सय ६५ मत प्राप्त गरेका छन् ।

नर्थ क्यारोलिना- यहाँ ट्रम्प ७६ हजार सात सय ३७ मतका साथ अगाडि छन् । त्यहाँका सरकारी अधिकारीहरुले मतगणनाको अन्तिम परिणाम नाभेम्बर १३ भन्दा अगाडि नआउने बताएका छन् ।

नेवाडा-यहाँ ८६ प्रतिशत मतपेटिका गणना भइसक्दा बाइडेन सात हजार चार सय ६७ मतले अगाडि छन् ।

जर्जिया- यहाँ ट्रम्प नै अगाडी रहेका छन् । ट्रम्पले २४ लाख २८ हजार २ सय २५ मत प्राप्त गदाए बाइडनले २३ लाख ९९ हजार ७ सय ४ मत प्राप्त गरेका छन् ।

यो आंकडा हेर्दा बाइडनले नेवाडामा जित निकाले नयाँ राष्ट्रपति बन्ने निश्चित छ । -एपीबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।