ताजा अपडेट »

रेनो कम्पनीको ‘२०२० क्विड’ बजारमा

शुक्रबार, ०२ असोज २०७७, १० : ४६
10 Shares

भैरहवा । भैरहवामा रेनो कम्पनीको लागि आधिकारिक बिक्रेता भैरहवा अटो कम्पनीले रेनो कम्पनीको २०२० क्विड गाडी बिक्री सुरु गरेको छ । कम्पनीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी रेनोको उक्त गाडी बिक्री सुरु गरेको जनाएको छ ।

विहिबारदेखि बिक्री सुरु गरिएको गाडी अत्यन्तै सुविधायुक्त भएको कम्पनीका संचालक सुन्दर पाठकले जानकारी दिए । यो गाडीमा एलइडी, डीआरएल लाइट, इलेक्ट्रिक पावर स्टेरिङ, मोबाइल चार्ज पोर्ट सिस्टम, ८ इन्चको एप्पल टच इस्क्रिन, डिसप्ले भिडियो प्लेयर सिस्टम, डिजिटल स्पीड मिटर, ४ वटै ढोकामा पावर विन्डो रहेको पाठकले बताए । मूल्यका हिसाबले यो गाडी पुरानो क्विडको मूल्यभन्दा एक लाख रुपैयाँ मात्रै बढी भएको जनाइएको छ । यसको मूल्य २४ लाख ९९ हजार तोकिएको छ ।

क्विड गाडी एक हजार सीसीको रहेको र यसमा ३ सिलिन्डिर, बीएस ६ पेट्रोल इन्जिन भएको कम्पनीले जनाएको छ । यो गाडीको ग्राउण्ड किलेरेन्स १८४ एमएस छ । गाडीमा २ वटा एयर व्याग, स्पिड भिडियो प्लेयर कन्ट्रोल सेन्सर, एबीएस, इबीडी ब्रेकिङसिस्टम, रिअर पार्किङ क्यामेरा र रिअर पार्किङ सेन्सर, मेनुअल लकअनलक सिस्टम रहेकाले निकै सुरक्षित रहेको मार्केटिङ प्रमुख डार्बिन रोका मगरले बताए ।

गाडी सार्वजनिक गर्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले विश्व बजारमा प्रतिस्पर्धी र सुविधायुक्त भएकाले यो गाडीको विक्री वितरण अत्यन्तै राम्रो हुने विश्वास गरे । विश्वका ७४ देशमा बिक्रीवितरण हुँदै आएको यो गाडी सन् २०१६ देखि भैरहवा अटो कम्पनीले भैरहवा क्षेत्रमा विक्रीवितरण गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।