१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल, सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेल, नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा र सदस्यसचिवमा मन्त्रालयका उपसचिव सङ्गीता ओझा रहनुभएको छ ।

उपसचिव ओझाका अनुसार समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार सञ्चार प्रतिष्ठानहरुको श्रमजीवी पत्रकारको अवस्था र उनीहरुको जीवनवृत्तिबारेको चुनौती, कोभिड १९ ले सञ्चार गृहमा पारेको प्रभाव, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सञ्चार गृहले दिएको योगदान आदिबारे अध्ययन गरी प्रतिवेदन दिनेछ । समितिका संयोजक वरिष्ठ पत्रकार अर्यालले आफूहरुले सञ्चार क्षेत्रमा कोरोना सङ्टकपछि कतिपय सञ्चार गृहबाट श्रमजीवी पत्रकारले सेवाबाट निष्कासन भोगेको, नियमित तलव नपाएको लगायत उत्पन्न समग्र परिस्थितिका बारेमा अध्ययन गरेर सरकारले आमसञ्चार क्षेत्रका लागि गर्नुपर्ने कामबारे सुझाव दिने बताउनुभयो । समितिको समयावधि कार्य शुरु गरेको एक महिनाभित्र रहनेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र