२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

फाइल तस्वीर

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

Advertisement

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए।

यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि