१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

भरतपुर । जब जब वर्षाको समय हुन्छ भरतपुर महानगरपालिका–२८ का बासिन्दालाई नारायणी नदीले गर्ने कटानको चिन्ता हुन्छ । कटान रोक्न स्थानीयवासी दिनरात नभनी काम गर्छन् ।तटबन्धलाई मजबुत बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा स्थानीयवासी दौडधूप गर्दै अहोरात्र खटिन्छन् ।

Advertisement

नारायणीले वर्षेनी कटान गर्दै आएपछि आफै दिनरात खट्न बाध्य भएको स्थानीयवासी भीमसेन कुमालले बताउनुभयो । उहाँले बाढी बस्तीमा पस्ने डरले वर्षेनी त्रासमा बस्न बाध्य भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष नारायणीले कटान गर्छ, बर्खा लागेपछि डुबानको त्रास हुन्छ ।” विशेषगरी वडा नं २८ बाढीको उच्च जोखिममा छ । जोखिम रहेकै कारण यहाँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । तटबन्धका लागि वर्षेनी लाखौं रुपैयाँ खर्च हुँदै आए पनि बाढीको जोखिम नटरेको कुमालले बताउनुभयो ।

न्यूरे चोक क्षेत्रको तटबन्ध वर्षेनी बाढीले बगाउने गरेको छ । एक ठाउँमा तटबन्ध ग¥यो अर्को ठाउँमा भत्काउने समस्याले जोखिम बढ्दो छ । साउन पहिलो साता आएको बाढीले पनि केही स्पर बगाएको नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मेघनाथ शर्माले बताउनुभयो । उहाँले सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिनुभयो । उहाँले नारायणी नदी तटीय क्षेत्रमा वर्षेनी बाढीको उच्च जोखिममा पर्ने गरेको बताउनुभयो ।आयोजनाले प्रयाप्त बजेट अभावका कारण सोचे अनुरुप काम गर्न नसकेको उहाँको भनाइ छ ।

साउन पहिलो साता आएको नारायणीको बाढीले महानगरपालिकाका वडा नं २६, २७ र २८ का केही भाग डुबानमा परेका थिए । भगडीबाट प्रवेश गरेको बाढीले मानवीय क्षति गरेन । तर मुख्य चुनौती भनेको न्यूरे चोकको तटबन्ध हो । सो तटबन्धलाई बाढीले भत्काए सबै भन्दा बढी वडा नं २८ मा मानवीय र भौतिक क्षति पुग्ने छ । यहाँ रहेका एक हजार ७०० घरधुरीमध्ये एक हजार घरधुरी उच्च जोखिममा रहेका वडा नं २८ का वडाध्यक्ष आशबहादुर कुमालले बताउनुभयो । उहाँले बाढीकै कारण सो क्षेत्रमा हजारौं बिघा क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको जानकारी दिनुभयो ।न्यूरे चोक आसपासको क्षेत्रमा तटबन्धनका लागि वर्षेनी रु ४० लाखसम्म खर्च भइरहेको नदी व्यवस्थापन आयोजनाले जनाएको छ । २०५९ सालदेखि निरन्तर त्यस क्षेत्रमा तटबन्धन हुँदै आए पनि अझै शान्तसँग श्वास फेर्न नपाएको अर्का स्थानीयवासी रञ्जन तामाङले बताउनुभयो ।

दीर्घकालीन समस्या समाधानको आश्वासन प्रत्येक वर्ष आउने गरे पनि समाधान हुन नसकेको उहाँको भनाइ छ । असार अन्तिमसाता मात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रको स्थलगत अवलोकन गरेर दीर्घकालीन रुपमा तटबन्धन गरिने प्रतिबद्धता जनाउनुभएको थियो । तटबन्धका लागि यसवर्षदेखि प्रर्याप्त बजेट विनियोजन गरिने उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो