१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

काठमाडौं । सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै गएको पाइएको छ । राष्ट्रिय गौरवका ठूला आयोजना कार्यान्वयन र सञ्चालन गर्ने एकीकृत कानुन तर्जुमा नभएको, आयोजना कार्यान्वयनको ढाँचा, विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, कुल लागत, समयावधि, जग्गा प्राप्तिमा ढिलाइलगायतले लागत बढेको हो ।

Advertisement

यस्तै, आधारभूत विषय तयार नभई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण, कमजोर ठेक्का व्यवस्थापन, जग्गा प्राप्ति तथा रुख कटानमा समस्या जस्ता कारण थालिएका आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनमा मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ हुनुमा रेखांकन, सिमांकन र सीमा विवाद, विस्फोटक पदार्थको अभाव, निर्माण सामग्री अभाव, अन्तरनिकायबीच समन्वयको कमीलगायतले निर्धारित समयमा काम सम्पन्न नहुँदा समय र लागत दुवै वृद्धि हुने गरेको उल्लेख छ ।

सरकारले ‘गेम चेन्जर’ का रूपमा अघि सारेका यस्ता आयोजनाको काम लामो समय अधुरो हुने गरेकाले दैनिक लागत रकम बढेको र गौरवका आयोजनाले पूर्वनिर्धारित समयमा प्रतिफलसमेत नदिएकाले मुलुकको आर्थिक गतिविधिलाई नै प्रभाव पारेको महालेखाले जनाएको छ । बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, रानीजमरा गुलरिया सिँचाइ आयोजना, विभिन्न राजमार्ग, विमानस्थललगायत राज्यका तर्फबाट प्राथमिकतामा राखिएका २२ वटा आयोजनाको अवस्था यस्तै दयनीय भएको महालेखाले औंल्याएको छ ।

बबई सिँचाइ आयोजनाको सुरुवाती लागत अनुमान २ अर्ब ८७ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०४५/४६ मा सुरु गरिएको यस आयोजना आर्थिक वर्ष २०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, यस आयोजना सम्पन्न गर्ने मिति गुज्रिएको करिब ६ वर्ष बितिसक्दा पनि अझैसम्म काम सकिएको छैन । जसका कारण हालसम्म यस आयोजनाको लागत ४ गुणाले बढेर ८ अर्ब १४ करोड रुपैयाँ खर्च भइसक्यो । संशोधित लागत अनुमान भने १८ अर्ब ९६ करोड रुपैयाँ राखिएको छ । यो लागत अनुमानको तुलनाबमोजिम आयोजना सम्पन्न भयो भने आयोजना प्रारम्भको लागत अनुमानको तुलनामा ९ गुणा बढीमा मात्र सकिनेछ । अहिले यस आयोजनाको काम केही बिस्तार गरिएको छ ।

सुरुवातको लागत अनुमानको तुलनामा निर्माण सम्पन्न हुने थियो भने मेलम्ची खानेपानी आयोजना, काठमाडौं–तराई–मधेस द्रुतमार्ग, पुष्पलाल लोकमार्ग, हुलाकी लोकमार्ग, सिक्टा सिँचाइ, रानीजमारा कुलेरिया सिँचाइ, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र बबई सिँचाइ आयोजना बराबरका अरू यस्तै आयोजना निर्माण भइसक्थे । यसको प्रतिफल पनि त्यहीअनुसार बढ्ने थियो । तर, समयमा निर्माण सम्पन्न नभएकाले अहिले यस्ता गौरवका आयोजनाहरूको सुरुवाती अनुमान गरिएको निर्माण अवधि र सुरुमा अनुमान गरिएको लागत मूल्य दुवै दोब्बर देखिएको छ ।

यी पाँचवटा आयोजनाको सुरुवाती लागत अनुमान २ खर्ब ७८ अर्ब ९३ करोड रूपैयाँ थियो । तर, पटक पटक लागत अनुमान संशोधन गर्दा अहिले ५ खर्ब १९ करोड ९४ लाख रुपैयाँ पुगिसकेको छ । हालसम्म सुरुवातको लागत अनुमान बराबरको खर्च भइसकेको छ । महालेखा परीक्षकको ५७औं प्रतिवेदन र राष्ट्रिय योजना आयोगले तय गरेको वार्षिक विकास कार्यक्रम २०७६-७७ अनुसार हालसम्म २ खर्ब १८ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखापरीक्षकको कार्यालयले हरेक वर्षको वार्षिक प्रतिवेदनमा समय र लागत वृद्धि हुन नदिने गरी यस्ता गौरवमा आयोजना व्यवस्थापनलाई प्रभावकारी गराउन सुझाव दिँदै आएको छ । राष्ट्रिय योजना आयोगले प्रत्येक वर्ष यस्ता आयोजना कार्यान्वयनलाई प्राथमिकता दिन ताकेता गरे पनि अहिलेसम्म अवस्था उस्तै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा। पुष्पराज कँडेलले पनि तोकिएकै समयमा निर्माण सम्पन्न नहुँदा सबै अनुमान फेल खाने गरेको बताएका छन् । यसैगरी, पूर्वअर्थमन्त्री डा। रामशरण महतले सरकारी कर्मचारी र निर्माण व्यवसायी दुवै पक्षले कार्यक्षमता वृद्धि नगर्नु र पूर्वअनुमानमा कमजोरी भएकाले लागत र सम्पन्न हुने मितिअनुसार काम नभएको बताए ।

उनीहरूका अनुसार आर्थिक वर्ष २०७५-७६ मा सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । हाल मेलम्ची आयोजनाको निर्माण सम्पन्न र माथिल्लो तामाकोसीको निर्माण सम्पन्न भई प्रतिफल प्राप्त भइसक्ने सरकारको लक्ष्य रहे पनि यी दुवै आयोजनाको निर्माण कार्य सम्पन्न भएका छैनन् । मेलम्चीको पानी पहिलो सुरुङमा हालेर परीक्षण गर्ने क्रममा ठुलो दुर्घटना नै भएको थियो । जसका कारण निर्माण कार्य कहिले सम्पन्न हुने हो, अनिश्चित बनेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागेः पञ्चा सिंह ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार, आगामी वर्ष ४५ लाख विनियोजन लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर)