काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनवाइ सुरू हुँदै छ । बिगत चार वर्षदेखि कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मै बसेको उक्त मुद्दामा आजवाट पुनः सुरू हुन लागेको हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेका थिए, जसको विरूद्धमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो ।
प्रतिक्रिया