ताजा अपडेट »

रबि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

आइतबार, २८ बैशाख २०८२, १२ : १४
56 Shares
आइतबार, २८ बैशाख २०८२
56 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनवाइ हुँदैछ ।

सर्वोच्च अदालतका  न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि सुनवाइ हुन लागेको हो । 

गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।