ताजा अपडेट »

सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

आइतबार, २८ बैशाख २०८२, १० : ३०
24 Shares
आइतबार, २८ बैशाख २०८२
24 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्ति प्रति आक्रोश पोखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले ‘सरकार डरले रूझेको बिरालो भएको छ’ भन्ने अभिब्यक्ति प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले सोधेका छन, ‘प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ?’

उनले सरकारले गरेका काम कारबाहीको तथ्यांक राख्दै भनेका छन, ‘यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’ उनले बर्तमान केपी ओली सरकार निर्माण भए पछि प्रचण्ड प्रधानमन्त्री हुदाँको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको दावी गरेका छन । उनका अनुसार ओली सरकार गठन भए पछि विदेशी मुद्राको संचिति बढेको, सोधनान्तर स्थितिमा उल्लेख्य बचत भएकोछ, निर्माण व्यावसायिलाई काम वापतको प्रचण्ड नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको भन्दै पोखरा–मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदीमा भएको प्रगति उल्लेख गरेका छन ।

‘भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ,’ उनले भनेका छन, ‘वैंकको तरलता वृद्धि भएको छ, व्याँजदर घटेको छ र लगानी वृद्धि हुन थालेको छ।’ यसो त, कानून निर्माणको कामले तिव्रता पाएको, कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको र कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको भन्दै उनले भनेका छन्, ‘भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ, सरकारको स्थायित्वको आधार तयार भएको छ ।’

उनकाे प्रश्न छ, 'उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।