भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समितिको शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
यसअघि अर्यालले राप्रपा सिद्धार्थनगरको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका अर्याल सभापति चुनिएका हुन । अधिवेशनले २० सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको छ भने बाँकी ५ जनालाई मनोनित गरी २५ सदस्यीय बनाइने राप्रपा रुपन्देहीका प्रवक्ता तथा निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले बताएका छन ।
निर्वाचित कार्यसमिति सदस्यहरुमध्ये एक महिलासहित ३ जना उपाध्यक्ष, एकजना सचिव, एकजना कोषाध्यक्ष र २ जना सह–सचिव मनोनित गरिने उनले जानकारी दिए ।
अधिवेशनको राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया