May 31, 2023
बुटवल । बुधबार सुनको प्रतितोला मूल्य ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सयले बढेर बुधबार अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै रेकर्ड राखेको हो । यसअघि मंगलबार नै उच्च थियो ।
बुधबार चाँदीको मूल्य भने केहि घटेको छ । लगातार बढेको चाँदीको मूल्य बुधबार प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार २ सय २५ मा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढिरहेको कारण नेपालमा पनि मूल्य लगातार बढेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्