ताजा अपडेट »

अनियमितता गरेको भन्दै तरुण दलको विरोध

सोमबार, १२ साउन २०७७, १९ : ०३
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको अनियमितता र बेथितिविरुद्ध नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा विरोध प्रदर्शन गरेको छ । ऐन कानुन मिचेर नियुक्त गरिएका सल्लाहकार तथा अन्य पदहरु खारेज गर्नुपर्ने, ९ करोड बढीको बेरुजुको हिसाब किताब स्पष्ट पार्नुपर्ने, प्राचिन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेर भवन बनाइरहेकाले त्यस्ता कार्य तत्काल रोक्नुपर्ने, ६ लेन सडकको बिचमा राखिएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाई कारबाही गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हुन् ।

सो अवसरमा तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन विपरित विभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरिरहेको बताए । ९ करोड ४० लाख रकम बेरुजु खै ?, बुद्ध मुर्ती फोड्ने र सडकका रुख काटने अपराधी खोइ ? रुपुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइदैन, ऐन कानुन बिपरितका नियुक्ती खारेज गर, र्सावजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्ड सहित नगरपालिका अगाडी प्रदर्शन गरेका तरुण युवाहरुले ती प्लेकार्डहरु नगरपालिकाको गेटमा लगेर टासीदिएका छन ।

सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको भएपनि तिलोत्तमा नगरपालिकाले भने नमुना काम देखाउने लहडमा वडा नं ११ को प्राचिन पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।