ताजा अपडेट »

सुनको मूल्य अहिलेसम्मकै महङ्गो, तोलाको ९४ हजार

बुधबार, ०७ साउन २०७७, १२ : ०५
4 Shares

काठमाण्डौं । सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ। हिजो ९२ हजार ७०० रुपैयाँ तोकिएको छापावाल सुन आज एकै दिन १३ सय बढेको हो।

यसअघि गत असार ३१ गते सुनको मूल्य सर्वाधिक तोकिएको थियो। उक्त दिन छापावाल सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँ निर्धारण गरिएको छ। चाँदी प्रतितोला एक हजार १३५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।