२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो ।

कोभिड–१९ महामारीबाट सिर्जित अवस्था आगामी डिसेम्बर ३१ सम्म रहने आकलन गरी अप्रिल १३ देखि डिसेम्बर ३१ सम्मको अवधिका लागि सम्झौता भएको हानले जनाएको छ । नयाँ सम्झौताअनुसार अब होटलमा कार्यरत मजदूरले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउनेछन् । दुई सय बढी कोठा भएका होटलमा कार्यरत श्रमिक कर्मचारीले मासिक रु १० हजार पाउनेछन् । त्यस्तै २०० भन्दा कम कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले रु नौ हजार पाउनेछन् । त्यस्तै १०० भन्दाबढी कोठा भएको चारतारे होटलमा कार्यरत मजदूरले रु आठ हजार ४५५ पाउनेछन् ।

एकसय भन्दा कम कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा रु आठ हजार पाउनेछन् भने तीनतारे होटल वा सोहीसरहका रिसोर्टका मजदूरले रु पाँच हजार पाउने जनाइएको छ । यस्तै दुईतारे होटलले महिनामा प्रतिमजदूर रु चार हजार ३०० तथा एकतारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताका आधारमा सुविधा उपलब्ध हुने भनिएको छ । होटल व्यवसायी र मजदूर सङ्गठनबीच विभिन्न चरणमा बैठक भई ‘बाँचौँ र बचाऔँ’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको हानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्झौताले दुःखका बेलामा पारिवारिक एकतासमेत प्रदर्शित भएको हानको ठम्याइ छ । साथै हानले शुक्रबार नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश