ताजा अपडेट »

लायन्स क्लब मणिग्रामद्वारा यातायात कार्यालयलाई पानी ट्यांकी

आइतबार, ०४ साउन २०७७, १३ : ०३
4 Shares


बुटवल । सामाजिक तथा मानविय सेवाका क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम रुपन्देहीले यातायात कार्यालय मणिग्रामलाई पानी ट्यांकी प्रदान गरेको छ । अहिले विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस( कोभिड–१९) फैलिएको र यातायात कार्यालयमा सवारीको जाँजपास व्लुबुक लगायतका कागज पत्र नविकरण गर्न आउने सेवाग्राहीको भिड हुने भएकाले संक्रमणवाट बच्न सावुन पानीले हात धुने कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यालयलाई पानी ट्यांकी हस्तान्तरण गरेको क्लबले जनाएको छ ।

यायातात कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ मणिग्रामका अध्यक्ष लायन सुरजकुमार लम्साल, प्रमुख अतिथि क्लबका डिजी एमजेएफ लायन शम्भु नकर्मी र बिशेष अतिथि भिडिजी एमजेएफ लायन रामप्रसाद भट्टले यातायात कार्यालयका प्रमुख जनार्दन अधिकारिलाई पानी ट्यांकी हस्तान्तरण गरेका थिए । सो अवसरमा क्लवका डिजी शम्भु नकर्मीले क्लबले समाजमा गरेका यस्ता उदाहरणीय कार्यले समाजमा सकारात्मक सन्देश जानुका साथै अन्य संघसंस्थालाई यस्ता कार्यक्रम गर्न हौसला र प्रेरणा मिल्ने बताए । उनले कोरोना कोभिड–१९ को रोकथाम तथा न्युनिकरणका लागि सावुन पानीले हात धुने कार्य उचित भएको र यातायात कार्यालय सेवाग्राहीको अत्यन्तै भिड्भाड हुने ठाउँ भएकोले पानी ट्यांकीको सहि सदुपयोग गर्न सके यसको महत्व अझै बढेर जाने बताए ।

यातायात कार्यालयका प्रमुख जनार्दन अधिकारीले अहिलेको विषम परिस्थितिमा क्लबले सहि ठाउँको पहिचान गरी पानी ट्यांकी उपलब्ध गराएको भन्दै क्लबका पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिए । क्लवका अध्यक्ष सूरजकुमार लम्सालले सामाजिक सेवाभावका उद्देश्यले क्लवको स्थापना गरिएकाले समयको माग र आवश्यक्ता बुझेर क्लव निरन्तर सामाजिक गतिविधिमा क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा क्लबका डिष्ट्रिक, एरिया, रिजन, जोन तथा मण्ग्रिाम लायन्स क्लवका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको क्लवका बाबुराम पाठकले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।