२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

वासिङ्टन डिसी । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।

Advertisement

मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नु पर्नेछ । स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ । -एएनआई

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका