ताजा अपडेट »

सचिवालय बैठकअघि ओली-प्रचण्ड बीच छलफल

शनिबार, ०३ साउन २०७७, १४ : ५४
20 Shares
शनिबार, ०३ साउन २०७७
20 Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । पार्टीको सचिवालय बैठकअघि ओली र प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको नेकपा स्रोतले बताएको छ । सचिवालय बैठक आज ३ बजे बालुवाटारमै बस्दैछ । सचिवालय बैठकअघि सहमति जुटाउने प्रयासमा दुई अध्यक्षबीच छलफल भएको स्रोतको दाबी छ ।

हाल नेकपामा आन्तरिक विवाद चर्किएको छ । सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै प्रचण्ड र माधव नेपाल समूहले ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ। शुक्रबार डाकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।