१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

चतुर, इतिहाँस लेख्छ । उसकै बँश, जाति र बर्गको हितमा कथाबस्तु कथिन्छ । वीर रस र अनेकौ कायाकैरनले भरिन्छ । पढ्दा यस्तो लाग्छ कि त्यहि जाती र बर्ग मात्र रहेछ जो राष्ट्र निर्माणमा उसको महत्वपूर्ण योगदान छ । तर देशमा ती जातिहरु पनि छन् जो आफ्नो बारेमा लेख्दैनन् । कर्खाहरु लिपिबद्ध गर्दैनन् । तिनका इतिहाँस लिखितम हैन, बकितम् हुन्छ । पुर्खाले निभाएको गौरवशाली पुरुषार्थ र राष्ट्र निर्माणका बखत अग्र मोर्चामा निभाएको बलिदानी योगदान उ नँया पुस्तालाई फुर्सदमा सुस्ताउँदै कर्खा हाल्छ । युद्धमोर्चाको गाथा सुनाउँछ । यसरी नै पुस्ताबाट पुस्तामा पुर्खाले गरेका तर्किवको कायाकैरन हस्तान्तरन गर्दै जान्छ । तसर्थ, देशमा थुप्रै अलिखित इतिहाँसहरु छन् है भन्न सकिन्छ ।

Advertisement

बकितम इतिहाँसले धानेको पुख्र्यौली पहिचान लिखितम् नहुँदा कतिपयले भन्न थाले, त्यो इतिहाँस हैन । तर तिनै इतिहाँसका कतिपय गाथाहरु गाइने दाइले वीर रसमा भाका टिपेर सारङ्गिमा रेट्दै हिँडेका छन् । देशभर छरपष्ट कोटघरमा थन्कोमन्को पारेर राखिएका हातहतियार र खरखजानाले बोलिरहेका छन् । मान्दै आएका देवीदेउताका थानहरुमा तान्त्रिक बिधिबाट पुजापाठ गर्दै आइरहेका छन् । तैपनि बिद्धानहरु भन्छन्, इतिहाँस जित्नेहरुकै लेखिन्छ । बोल्नेहरुकै भेटिन्छ । र, छलकपट गर्नेहरुकै टाँसिन्छ । तर, यँहा जीतेर पनि हारेको इतिहाँस भयो ।

हाम्रो इतिहाँस भन्छ, केही सताव्दी अघिसम्म नेपाल निर्माण नहुँदै यँहा थुप्रै भुरे टाकुरे राजा रजौटाहरु थिए । बाइसी चौबिसि राज्यकालिन समय भन्दा इत्ति अघि मेरो गाँउको अर्कुलकोटमा पनि भुरे राजा थिए । पछि गुल्मीका राजाबाट पराजित भएपश्चात उक्त थुम गुल्मी राज्यमा गाभिन पुग्यो । अर्कुलकोट राज्य थामी सुरक्षामा प्रयोग भएका भरुवा बन्दुक, तोप, खुँडा, खुकुरी, ढाल तरवार र धनुकाँड आदि कोटघरमा थन्कोमन्को पारियो । बैरीको हातमा जानभन्दा भन्दै कतिपय हतियार खौलामुनी घुसारेर लुकाइयो । कतिपय भरुवा बन्दुक र तरवारहरु घरघरमा रह्यो ।

नेपाल एकिकरणको क्रममा गोर्खाली फौज पश्चिम तर्फ सर गर्दा गुल्मी, अर्घा र खाँची गाभिन पुग्यो । तिनका सैन्य टुकुडीहरु पनि गोर्खाली सैन्यदस्तामा सामेल हुँदै राज्य बिस्तारको दौरान पश्चिम दखल गर्न सर ग¥यो । यसरी अर्कुलकोट राज्यकालिन अग्रपङ्तिका फौजी दस्ता गुल्मी राज्यको पक्षमा लड्दालड्दै पछिल्लो पटक गोर्खाली फौजमा सामेल हुन पुगेको अनुमान गरिन्छ । यसैगरि पश्चिम तर्फको बाइसी राज्यलाई हराउँदै र एकत्रित गर्दै कुमाउ, गढवाल….पुग्दा गोर्खाली फौजसँगै हाम्रा पुर्खाहरु पनि भरुवा बन्दुक, खुकुरी र पाखुरीको बलमा लडाई गर्दै उतै लागे ।

यही समयताका व्यापार गर्ने मनसायले आएका बृटिष इष्ट इण्डिया कम्पनीले हिन्दुस्तानका कमजोर राज्यहरु हडप्दै राज्य बिस्तारै गर्दै नेपालको सिमासम्म आइपुगेको थियो । बिभिन्न देशको नाममा परिचित टुक्राटुक्रा राज्यहरु इष्ट इण्डिया कम्पनी सरकारले एकत्रित गरेपछि भारत नामले परिचित भएको देखिन्छ । जबकी त्यो भन्दा अघि नै गोर्खा राज्य बिस्तार भई नेपाल राज्य भैसकेको थियो ।
सन् १८१४ देखि १८१६ सम्म बिभिन्न मोर्चामा नेपाल अँगे्रज बिच घमासान लडाई भयो । अँगे्रजको आधुनिक बन्दुक, राइफल र तोप गोलासँग गोर्खालीहरुले बहादुरीपूर्वक आम्नेसाम्ने तथा गुरिल्ला युद्ध गरे । सिन्धुलीगढी र बटौली जीतगढि बाहेक अनेकन महत्वपूर्ण किल्लाहरुमा गोर्खालीहरुले पराजय भोग्नु प¥यो ।

सन् १८१६ को नेपाल भारतबिच भएको सुघौली सन्धि पश्चात बिधिवत् रुपमा गोर्खालीहरु (खासगरि मगर, गुरुङ्ग, राई लिम्बु) अँगे्रजले गठन गरेको गोर्खा रेजिमेन्टमा भर्तिहुन जान थाले । यसो भन्दै गर्दा मेरो गाँउका पुर्खाहरु तकरिवन् सन् १८७० तिर गोर्खा रेजिमेन्टमा भर्ति हुन गएको रेकर्ड पाइन्छ । सरसर्ति हिसाव गर्दा उसोभए भार्सेली गोर्खाहरु गोर्खा पल्टन जान थालेको एकसय पचास बर्षको इर्दगिर्दतिर पुगेछ । यस अवधिमा हाम्रा पुर्खाले तिनका पक्षेबाट आन्तरिक गडबड रोक्न अनेकन लडाई त लडे नै । यस बाहेक साम्राज्यवादी बृटिष र भारत सरकारको पक्षबाट पनि प्रथम र दोश्रो विश्वयुद्ध बाहेक थुप्रै युद्धमोर्चाहरुमा लडे । हिसाव गर्दा प्रथम विश्वयुद्धमा एकसयको हाराहारी रहेका भार्सली गोर्खाहरु सेकेण्ड वारमा आइपुग्दा यो सँख्या ह्वात्तै बढेर झण्डै सवा दुइसयको आसपास पुगेको पाइन्छ । यसरी भार्सेली गोर्खाहरु आफ्नो र अर्काको क्यै नभनी सदीयौंदेखि लड्दै आए ।त्यसैेले एकताका भार्से गाँउ पुरै सैनिक व्यारेक झैं लाग्थ्यो । सिङ्गै गाँउको हरेक घरपरिवारमा कम्तिमा एकजना पेन्सनर वा सर्भिसवाला फौजी नभएको घर बिरलै थियो होला ।

कुनैबेला युद्ध भन्यो की गाँवै जुरुक्क उठ्ने मेरो गाँउ, यतिबेला बसाइसराइले थला परेर लम्पसार परेको छ । तर पनि सामाजिक सन्जाल र बिभिन्न खाले मिडियामा बुर्कुसी मार्दै छरपष्ट युद्धउन्मादका धङ्धङीका सम्चारले कतै फेरी युद्ध भैहाल्ने पो हो की ? समस्या चुलिंदै छ । युद्धमा आवश्यक रसदपानी व्यवस्थापन गर्न जनताले सुका, मोहर उठाएर राजा पृथ्वीनरानको ढुकुटीमा जम्मा गरेझैं फेरी एकपटक देशमा क्यै भैहाले फेसबुक सही, भार्सेली गोर्खा पनि छन् है भन्न मन लाग्यो ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड